काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ८ हजार ८ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १८५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।