×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

शेयर बजार

९.२४ अंकले बढ्यो सेयर बजार

९.२४ अंकले बढ्यो सेयर बजार

काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से ९.२४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५२२ अंकमा कायम भएको छ ।

कारोबार रकम घटेको छ । अघिल्लो दिन ३ अर्ब ६४ करोडको कारोबार भएकोमा आज २ अर्ब ८९ करोडको भयो । १८२ कम्पनीको मूल्य बढ्दा ८४ को घट्यो भने ११ को स्थिर रह्यो।

गत बुधबार गएको भीषण बाढीपछि बजारमा अघिल्लो दिनसम्म दबाब परेका समूह पनि आज सकारात्मक भए । जलविद्युत् समूह आज सबैभन्दा धेरै १.०१ प्रतिशत बढ्यो ।

उत्पादन तथा प्रशोधन १.०० प्रतिशत घट्यो । उत्पादन तथा प्रशोधनबाहेकका सबै समूहगत सूचक बढेका छन् । बैंकिङ ०.१८, विकास बैंक ०.११, फाइनान्स ०.२५, होटल तथा पर्यन ०.६६, लगानी ०.६१, जीवन बीमा ०.८९, माइक्रोफाइनान्स ०.०५, निर्जीवन बीमा ०.८७, अन्य ०.५४ तथा व्यापार ०.१० प्रतिशत बढे ।

माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको मूल्य सबैभन्दा धेरै ७.१५ प्रतिशत बढ्यो । इमर्जिङ नेपालको ४.८५, सान्जेन जलविद्युतको ३.८१, मेन्छियाम हाइड्रोपावरको ३.६९, मान्डु हाइड्रोपावरकामे ३.६१ प्रतिशत मूल्य बढ्यो ।

उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.४८ प्रतिशत घट्यो । घोराही सिमेन्टको ५.५३, सीवाईसी लघुवित्तको ५.३९, भगवती हाइड्रोपावरको ५.२७ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट, आँखुखोला जलविद्युत्, रिडी पावर, सानिमा मिडिल तमोर तथा चिलिमे हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रतिकृया दिनुहोस्